साढे तीन महीनापछि वायुसेवा निगमका कर्मचारीले रोके आन्दोलन

निगमका कर्मचारीहरु गएको १८ असार यता निरन्तर आन्दोलनमा थिए।

नेपालभ्युज

साढे तीन महीनापछि वायुसेवा निगमका कर्मचारीले रोके आन्दोलन

काठमाडौं। नेपाल वायुसेवा निगमलाई निजीकरण गर्न लागिएको भन्दै आन्दोलनरत कर्मचारीका ट्रेड युनियनहरुले आन्दोलन स्थगित गरेका छन्। सोमबार संस्कृत, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेसँगको वार्तापछि कर्मचारीका विभिन्न ट्रेड युनियनले आन्दोलन फिर्ता लिने निर्णय गरेका हुन्।

तत्कालीन केपी ओली नेतृत्वको सरकारले चार ओटा जेट विमान खरीद लगायतका कारण करीब ५७ अर्ब ऋण तथा संचित घाटामा गएपछि निगमलाई कम्पनीमा बलल्ने कार्यक्रम ल्याएको थियो। जसको विरोधमा निगमका कर्मचारीहरु गएको १८ असार यता निरन्तर आन्दोलनमा थिए।

निजीकरण गर्ने निर्णय फिर्ता लिनुपर्ने र निगमको सञ्चालक समिति सदस्यहरु र महाप्रबन्धकको राजीनामा माग गर्दै निगममा क्रियाशील ट्रेड युनियनहरुले निरन्तर आन्दोलन गरिरहेका थिए।

सोमबार संस्कृत, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आलेले माग सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरेपछि तत्काललाई आन्दोलन स्थगित गरिएको विज्ञप्तिमार्फत तीन कर्मचारी ट्रेड युनियनले जनाएका छन्। मन्त्री आलेले माग सम्बोधनका लागि १५ दिनको समय मागेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved