मोतीपुर घटना

गृहमा सुरक्षा समितिको बैठक, जग्गालाई अतिक्रमणबाट फिर्ता ल्याउन गृहमन्त्रीको निर्देशन

नेपाल भ्यूज

गृहमा सुरक्षा समितिको बैठक, जग्गालाई अतिक्रमणबाट फिर्ता ल्याउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ। बुटवलमा निर्माणाधीन मोतीपुर औद्योगिक क्षेत्रमा जग्गा अतिक्रमण गरी बस्नेहरू र प्रहरीबिच भएको झडपको घटनापछि केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ।

गृह मन्त्रालयमा बसेको बैठकमा गृह सचिव टेकनारायण पाण्डे, नेपाली सेनाका रथी बालकृष्ण कार्की, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीको उपस्थिति थियो।

गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बैठक बैठकले कुनै पनि हालतमा औद्योगिक क्षेत्रको जग्गालाई अतिक्रमण गर्न नदिनका लागि आवश्यक सुरक्षा व्यवस्थापन मिलाउन चारवटै सुरक्षा निकायलाई निर्देशन दिएको छ।

रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा आइतबार झडप भएको थियो। अतिक्रमित जग्गा सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी र जग्गा कब्जा गरेर बस्नेहरूबिच झडप भएको थियो।  घटनामा ४ जनाको मृत्यु भएको थियो। केही प्रहरी र सर्वसाधारण समेत घाइते भएका थिए। झडपपछि मोतीपुर क्षेत्रमा अर्को आदेश जारी नभएसम्मका लागि प्रशासनले कर्फ्यु लगाएको छ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved