अछाममा जन्ती बोकेको जीप दुर्घटना : चारको मृत्यु, १५ घाइते

घाइते १५ जनालाई राति २ बजे उपचारका लागि नेपालगञ्ज पठाइएको सहायक सीडीओ तिमिल्सैनाले बताए। 

नेपालभ्युज

अछाममा जन्ती बोकेको जीप दुर्घटना : चारको मृत्यु, १५ घाइते

काठमाडौं। अछाममा बेहुली पुर्‍याएर फर्किदै गरेको जन्ती जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। विनायक नगरपालिका १ मा आइतबार राति करीब ११ बजे भएको जीप दुर्घटनामा १५ जना घाइते भएको अछामका सहायक प्रमुख जिल्ला अधिकारी रञ्जन प्रसाद तिमिल्सैनाले जानकारी दिए।

नादीमा बेहुली पुर्‍याएर घर फर्किदै गरेको माइती पक्ष चढेको १ च १७६३ नम्बरप्लेटको जीप कच्ची सडकमा अनियन्त्रित भई करीब २ सय मिटर तल खसेको थियो। दुर्घटनामा एक जनाका घटनास्थलमै मृत्यु भएकोमा बाँकी तीनको स्थानीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

घाइते १५ जनालाई राति २ बजे उपचारका लागि नेपालगञ्ज पठाइएको सहायक सीडीओ तिमिल्सैनाले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved