बुटवलमा कर्फ्यु

नेपालभ्युज

बुटवलमा कर्फ्यु

बुटवल। सुकुम्वासी समूहसँगको झडपपछि उत्पन्न परिस्थितिलाई सामान्य बनाउन स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ। रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको जग्गामा बसोबास गर्ने सुकुम्वासी समूह र प्रहरी बीच झडप भएपछि कर्फ्यु लगाइएको हो।

आइतबार ४ बजेदेखि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि कर्फ्यु लगाएको छ। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जारी गरेको सूचनामा पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुरको खेती योग्य जमिन, उत्तरमा शिवनगर रानीगञ्ज बस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका–१८ औद्योगिक कोरिडोरको जमिन रहेको भागसम्म लागू हुने छ।

यसअघि सुकुम्वासी समूह र प्रहरीबीच झडप हुँदा प्रहरीले गोली चलाएको थियो। घटनामा केही घाइते भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved