निर्मला कुर्मीको दुई वर्ष पहिल्यै मृत्यु भएको पुष्टि

नेपालभ्युज

निर्मला कुर्मीको दुई वर्ष पहिल्यै मृत्यु भएको पुष्टि

काठमाडौं। नेपालगञ्जकी बेपत्ता निर्मला कुर्मीको दुई वर्ष अघि नै मृत्यु भएको पुष्टि भएको छ। बाँके प्रहरीले दुई वर्षअघि कुर्मीको मृत्यु भएको र त्यतिबेलै दाहसंस्कार गरिएको फोटो प्राप्त भएको जानकारी दिएको छ।

बेपत्ता कुर्मको अवस्था पत्ता लगाउन भन्दै रुबि खानको नेतृत्वमा २० दिन हिँडेर नेपालगञ्जबाट १६ जनाको टोली काठमाडौं आई आन्दोलनरत छ। खानलाई बहुविवाहको आरोपमा प्रहरीले गिरफ्तार गरी नेपालगञ्ज पठाएकोमा अन्य प्रदर्शनकारी माइतीघरमा आन्दोलनरत छन्।

बेपत्ता कुर्मी र गत ५ साउनमा आफ्नै घरमा मृत फेला परेकी नकुन्नी धोबीको न्यायका लागि उनीहरू आन्दोलनरत छन्।

कुर्मीको दुई वर्षअघि नै मृत्यु भएको तस्वीर फेला पारेको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधु न्यौपानेले बताए। घटनाका विषयमा थप अनुसन्धान अघि बढाइएको जानकारी उनले दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved