काठमाडौं। बन्द रहेका सरकारी संस्थान खुलाउन सरकारले गृहकार्य सुरु गर्ने भएको छ। हाल बन्द रहेका सरकारी स्वामित्वका उद्योगहरू संचालन गर्ने गरी तयारी भइरहेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए।
अहिले धागो उद्योग, कपडा उद्योग, रबर उद्योग, चुरोट कारखानालगायतका बन्द अवस्थामा छन्। सरकारले ती उद्योगहरू नयाँ मोडिलाटी बनाएर संचालन गर्ने तयारी भएको मन्त्री शर्माको भनाई छ।
अर्थमन्त्री शर्माले ‘पढ्दै कमाउँदै’ कार्यक्रम प्राविधिक विधाका विद्यालयमा सुरु गर्ने, सहकारीले कम्पनी खोलेर लगानीको ५० प्रतिशत उत्पादनको क्षेत्रमा लगाउने जस्ता कार्यक्रम तत्काल सुरु गर्ने गरी प्रक्रिया अघि बढाउन आवश्यक सहजीकरण गर्न निर्देशन दिएका छन्।
श्रम सहकारीमार्फत १० करोडसम्मको सार्वजनिक निर्माणको कार्य गर्न पाउने कार्यविधि चाँडै टुङ्गो लगाएर काम सुरु गरिने उनको भनाइ छ।
Facebook Comment
Comment