आफ्नो पार्टीबाट मन्त्री भएकाहरूलाई अध्यक्ष नेपालको यस्तो निर्देशन

नेपालभ्युज

आफ्नो पार्टीबाट मन्त्री भएकाहरूलाई अध्यक्ष नेपालको यस्तो निर्देशन
फाइल तस्वीर

काठमाडौं । नेकपा (एकीकृत समाजवादी पार्टी) का अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई केही निर्देशन दिएका छन्।

अध्यक्ष नेपालले पार्टी कार्यालयमा आज बिहान सबै मन्त्रीहरूलाई बोलाएर जनता राष्ट्र पार्टी हितलाई सर्वोपरि राखेर काम निर्देशन दिएका हुन्। गठबन्धनको मर्म भावनाअनुसार काम गर्न र मूल रूपमा पार्टी र जनताको अपेक्षाभन्दा फरक ढंगले नचल्न आग्रह गरेका पार्टी उपमहासचिव कार्यालय सचिव गंगा तुलाधारले नेपालभ्यूजलाई बताए।

जनताले चाहेभन्दा फरक र अपेक्षा गरेअनुसार नभए त्यसले अन्त्यन्त नोक्सान गर्ने उनले बताए।

जीवनशैली व्यवहार सबै कुरामा सादगीपन अपनाउन मन्त्रीहरूलाई अध्यक्ष नेपालले आग्रह गरेका पनि तुलाधरले बताए। मन्त्रीहरूका आनीबानी जीवनशैली र व्यवहार मिलाउनुपर्ने भन्दै सबैले हेरिरहेका हुँदा त्यसतर्फ अत्यन्त ध्यान दिन नेपालले निर्देशन दिएका तुलाधारले बताए।

तुलाधारका अनुसार भ्रष्टाचार शून्य सहनशीलताको नीतिलाई पनि अवलम्बन गर्न र खानपान उठबसमा ध्यान दिन अध्यक्ष नेपालले सुझाएका थिए।

नेकपा (एकिकृत समाजवादी) बाट संस्कृति पर्यटन तथा नागरिक उड्डयन प्रेम आले, स्वास्थ्य तथा जनसंख्या विरोध खतिवडा, सहरी विकास रामकुमारी झाँक्री र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ किसान बनेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved