किसान हत्या आरोप : भारतमा केन्द्रीय मन्त्रीका छोरा जेल चलान !

नेपालभ्युज

किसान हत्या आरोप : भारतमा केन्द्रीय मन्त्रीका छोरा जेल चलान !

भारतको लखिमपुर हिंसाका मुख्य आरोपी तथा केन्द्रीय गृहराज्यमन्त्री अजय मिश्राका छोरा आशीषलाई पक्राउ गरी जेल पठाइएको छ।

उनको मुद्दाको सुनुवाइ भने ११ अक्टोबरमा हुने जनाइएको छ। यसअघि उनीसँग करिब १२ घण्टा सोधपुछ गरिएको थियो। आशीषविरुद्ध हत्या, आकस्मिक मृत्यु, आपराधिक षडयन्त्र र लापरबाहीले सवारी चलाउनुलगायत आरोपमा मुद्दा चलाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

उनको बयान रेकर्ड गरिएको छ। अपराध शाखामा उनको मेडिकल टेस्ट पनि गरिएको थियो।

त्यहाँका डीआईजी उपेन्द्र कुमारले आशीषले अनुसन्धानमा सहयोग नगरेका बताएका छन्। कतिपय प्रश्नहरूको जवाफ पनि उनले नदिएका उनले बताएका भारतीय सञ्चारमाध्यमले उद्धृत गरेका छन्। अब उनलाई अदालतमा पेश गर्ने तयारी भइरहेको छ।

उत्तर प्रदेशको लखीमपुर खेरी जिल्ला सदरमुकामबाट करिब ७५ किलोमिटर टाढा नेपालको सिमाना नजिकै रहेको टिकुनिया गाउँ हो। यहाँ अक्टोबर ३ मा भएको हिंसामा आठ जनाको मृत्यु भएको थियो। तीमध्ये चार जना किसान थिए।

केन्द्रीय गृहराज्यमन्त्री अजय मिश्राका छोरा आशीषले किसानहरूलाई मारेको आरोपमा मुद्दा चलाइएको हो। तर आशीषले यी आरोपहरूको खण्डन गर्दै आएका छन्। उत्तर प्रदेश पुलिसले आशीषसहित १५-२० जना अन्य व्यक्तिहरुविरुद्ध पनि मुद्दा गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved