बैतडीमा तीन हजार परिवार बढे

नेपालभ्युज

बैतडीमा तीन हजार परिवार बढे

बैतडी। राष्ट्रिय जनगणना २०७८ को पहिलो चरणअन्तर्गत बैतडीमा घर तथा घरपरिवार सूचीकरणमा तीन हजार बढी परिवार थपिएका छन्।

पहिलो चरणको प्रारम्भिक प्रतिवेदनअनुसार ४८ हजार ८६७ घरधुरी अनलाइनमा दर्ता भएका जिल्ला जनगणना अधिकारी सुरेन्द्रप्रसाद पन्तले जानकारी दिए। २०६८ सालको जनगणनामा यहाँ ४५ हजार परिवार थियो। उनले भने, “पहिलो चरणको प्रारम्भिक रिपोर्टअनुसार तीन हजार ८६७ परिवार थपिएका छन्, केही ठाउँको तथ्यांक अनलाइनमा समावेश गर्न बाँकी रहेकाले यो सङ्ख्या अझै बढ्न सक्छ।”

केन्द्रीय तथ्यांक विभागले जिल्लामा ५० हजार परिवार रहेको हुनसक्ने अनुमान गरेको र त्यसैको हाराहारीमा परिवार सङ्ख्या पुग्ने जिल्ला जनगणना कार्यालयले जनाएको छ।

भदौ ३० गतेदेखि असोज १८ सम्म सञ्चालन भएको जनगणनाको पहिलो चरणअन्तर्गत सुपरीवेक्षकहरू खटाएर घरपरिवारको सूचीकरण गरिएको थियो। जिल्लामा घरपरिवार सूचीकरणका लागि ८० सुपरीवेक्षक परिचालित थिए।

मूल जनगणना कार्तिक २५ देखि मंसिर ९ गतेसम्म सञ्चालन हुने कार्यालयले जनाएको छ। यसका लागि ३१५ गणक खटाइने तयारी भएको छ। २०६८ को जनगणनाअनुसार जिल्लाको जनसंख्या दुई लाख ५० हजार ८९८ रहेकामा ४५ हजार परिवार संख्या पुगेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved