अमेरिकाले दियो डब्ल्यूएचओले स्वीकृत गरेको खोपलाई मान्यता

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन, सीडीसीले शुक्रबार अबेर कोरोना विरुद्धको डब्ल्यूएचओको मान्यता प्राप्त कुनै पनि खोप लगाएका व्यक्तिलाई अमेरिका प्रवेश गर्न दिने बताएको हो।

नेपाल भ्यूज

अमेरिकाले दियो डब्ल्यूएचओले स्वीकृत गरेको खोपलाई मान्यता

एजेन्सी। अमेरिकाले विश्व स्वास्थ्य संगठनले स्वीकृति दिएका कोरोना विरुद्धको खोपलाई मान्यता दिने भएको छ। अमेरिकाले आफ्नो देश प्रवेश गर्ने पर्यटकहरुलाई डब्ल्यूएचओले मान्यता दिएको खोप लगाएको आधारमा प्रवेश अनुमति दिने भएको हो।

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन, सीडीसीले शुक्रबार अबेर कोरोना विरुद्धको डब्ल्यूएचओको मान्यता प्राप्त कुनै पनि खोप लगाएका व्यक्तिलाई अमेरिका प्रवेश गर्न दिने बताएको हो। सीडीसीका प्रवक्ताले डब्ल्यूएचओले स्वीकृत गरेको ६ खोपहरुलाई अमेरिकाले पनि मान्यता दिएको बताएका रोयटर्सले लेखेको छ।

यसअघि, २० सेप्टेम्बरमा अमेरिकाले नोभेम्बरदेखि यात्रामा लागेको प्रतिबन्ध हटाउने निर्णय गरेको थियो। युरोप, एशिया र दक्षिण अमेरिकीसहित विभिन्न ३३ देशका पूर्णमात्रामा कोरोना खोप लगाएका हवाई यात्रुहरुका लागि प्रवेश अनुमति दिने निर्णय भएको ह्वाइट हाउसलाई उधृत गर्दै समाचारमा जनाइएको छ।

सीडीसीले अघिल्लो साता नै ट्राभल एजेन्सी तथा एयरलाइन्सहरुलाई अमेरिकी नयाँ नीतिमा सहज बनाउन उनीहरुको प्रणाली अद्यावधिकका लागि सूचना दिइसकेको पनि दाबी गरेको छ। यसका अतिरिक्त सीडीसीले अमेरिका प्रवेश अनुमतिका लागि पर्यटकहरुले पालना गर्नुपर्ने थप स्वास्थ्य सुरक्षा मापदण्ड जारी गर्ने बताएको छ।

अमेरिकालाई विभिन्न देशहरुले डब्ल्यूएचओले मान्यता दिएका कोरोना खोपलाई मान्यता दिन र अमेरिका प्रवेशलाई सहज बनाउनका लागि दबाब दिएका थिए। यससँगै, अब अमेरिकाले खोप तथा परीक्षण सम्बन्धमा नयाँ नियम नोभेम्बरको शुरुवातदेखि नै लागू गर्ने भएको छ।

अमेरिकाको यात्रा सम्बन्धमा जारी हुन लागेको नयाँ मापदण्डअनुसार अब सबै राष्ट्रका पर्यटकहरुले सहज प्रवेश पाउने भएका छन्। तर, कोरोना महामारीबाहेकका कारणले अमेरिकाले प्रतिबन्ध लगाएका राष्ट्रका नागरिकका लागि भने प्रतिबन्ध कायमै रहेको सीडीसीले जनाएको छ।

तपाईंलाई नेपाल भ्यूज कस्तो लागिरहेको छ ? तपाईंले हामीलाई फेसबुक, युट्युब, ट्विटर, टिकटक मार्फत् सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved