नवनियुक्त मन्त्रीले लिए शपथ

नेपाल भ्युज

नवनियुक्त मन्त्रीले लिए शपथ

काठमाडौं। नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। शुक्रबार दिउँसो नियुक्त भएका मन्त्रीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शीतलनिवासमा साँझ शपथ ग्रहण गराएकी हुन्।

सरकारमा नेपाली कांग्रेस, नेकपा ‘माओवादी केन्द्र’, नेकपा ‘एकीकृत समाजवादी’ र जनता समाजवादी पार्टी ‘जसपा’ सहभागी छन्। शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत सहभागी थिए।

प्रधानमन्त्री देउवाले आफू प्रधानमन्त्री भएको ८९औँ दिनमा मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन्। २५ सदस्यीय मन्त्रिपरिषद्मा तीन जना राज्यमन्त्री छन्। देउवा नेतृत्वको सरकारको पूर्णतापछि पहिलो मन्त्रिपरिषद् बैठक शुक्रबारे बस्दैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved