नवनियुक्त मन्त्रीको शपथ साँझ ५ बजे

नेपालभ्युज

नवनियुक्त मन्त्रीको शपथ साँझ ५ बजे
फाइल तस्वीर

काठमाडौं। नवनियुक्त मन्त्रीको शपथ आज साँझ ५ बजे हुने भएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेपछि राष्ट्रपति कार्यालयले शपथको तयारी थालेको हो। राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले साँज पाँच बजे शपथ खुवाउने गरी तयारी थालिएको जानकारी दिए।

नेपाली कांग्रेस, नेकपा माओवादी, जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) पार्टी र राष्ट्रिय जनमोर्चा पार्टीको संयुक्त गठबन्धनमा गत असार २९ गते शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका थिए। सरकार गठनको ८८ औँ दिनमा मात्रै उनले सरकारलाई पूर्णता दिन सकेका हुन्।

नयाँ मन्त्रिमण्डलमा कांग्रेसबाट प्रधानमन्त्रीसहित नौ, माओवादीबाट पाँच, जसपा र नेकपा एसबाट ४/४ मन्त्री नियुक्त भएका हुन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved