मन्त्रिपरिषद् विस्तार, को को भए मन्त्री ? (सूचिसहित)

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको कोटाबाट मन्त्री नियुक्त हुने चर्चा चलेका गैरसांसद् गजेन्द्र हमाललाई पनि सरकारले मन्त्री बनाएको छ

नेपालभ्युज

मन्त्रिपरिषद् विस्तार, को को भए मन्त्री ? (सूचिसहित)
फाइल तस्वीर

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेका छन्। प्रधानमन्त्री देउवाको नेतृत्वमा गठबन्धन सरकार बनेको ८८ दिनपछि मन्त्रिपरिषद् विस्तार भएको हो।

मन्त्रिपरिषद्को सूचि राष्ट्रपतिको कार्यालयमा पठाइएकोमा राष्ट्रपतिको कार्यालयले मन्त्रीहरूको नाम सार्वजनिक गरेको हो।

नयाँ मन्त्रिमण्डलमा कांग्रेसबाट कानून, न्याय तथा संसदीय मामिला दिलेन्द्र बडु, महिला बालबालिका तथा ज्येष्ठ नागरिक उमा रेग्मी, रक्षा  मिनेन्द्र रिजाल र खानेपानी उमाकान्त चौधरी बनेका छन्।

बालकृष्ण खाँण र नारायण खड्कालाई क्रमश: गृह र परराष्ट्र मन्त्रालयमै निरन्तरता दिइएको छ भने यसअघि कानून मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका ज्ञानेन्द्रबहादुर कार्की सञ्चार, सूचना तथा प्रविध मन्त्रालयमा तानिएका छन्।

यसैगरी जनता समाजवादी पार्टी (जसपा)बाट संघीय मामिला तथा सामान्य प्रशासनमा राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमा रेणु यादव, वन तथा वातावरणमा रामसहाय यादव र कृषि तथा पशुपन्छीमा महेन्द्र राई यादव नियुक्त भएका छन्।

नेकपा (एकिकृत समाजवादी) बाट संस्कृति पर्यटन तथा नागरिक उड्डयन प्रेम आले, स्वास्थ्य तथा जनसंख्या विरोध खतिवडा, सहरी विकास रामकुमारी झाँक्री र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ किसान बनेका छन्।

यस्तै माओवादी केन्द्रबाट  शिक्षा विज्ञान तथा प्रविधि देवेन्द्र पौडेल, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण शशि श्रेष्ठ, युवा तथा खेलकुद मन्त्रालय महेश्वर गहतराजलाई दिइएको छ भने पम्फा भुसाल र जनार्दन शर्मालाई क्रमश: ऊर्जा र अर्थमै निरन्तरता दिइएको छ।

यसैगरी प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको कोटाबाट मन्त्री नियुक्त हुने चर्चा चलेका गैरसांसद् गजेन्द्र हमाललाई पनि सरकारले मन्त्री बनाएको छ। उनलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिइएको छ। हमाल प्रधानन्यायाधीश राणाका जेठान हुन्।

यसैगरी नेकपा एसकी भवानीप्रसाद खापुङलाई स्वास्थ्य राज्यमन्त्री दिइएकोमा उमेश श्रेष्ठ प्रधानमन्त्री कार्यालयमा तानिएका छन् भने माओवादीबाट बोधमाया यादव शिक्षा राज्यमन्त्रीमा नियुक्त भएकी छन्।

 

No description available.

No description available.


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved