नोबेल पुरस्कार-२०२१

दुई पत्रकारलाई नोबेल शान्ति पुरस्कार

फिलिपिन्सकी मारिया रेसा र रूसका दिमित्री मुरातोभलाई पुरस्कार प्रदान गरिएको हो।

नेपालभ्युज

दुई पत्रकारलाई नोबेल शान्ति पुरस्कार

काठमाडौं। यस वर्षको नोबेल शान्ति पुरस्कार अभिव्यक्ति स्वतन्त्रताका पक्षमा संघर्ष गर्ने दुई पत्रकारलाई प्रदान गरिएको छ।

फिलिपिन्सकी मारिया रेसा र रूसका दिमित्री मुरातोभलाई पुरस्कार प्रदान गरिएको हो।

रेसा सन् २०१२ मा स्थापित खोज पत्रकारिता गर्ने डिजिटल मिडिया कम्पनी ‘र्‍यापलर’की सहसंस्थापक हुन्।

“मारिया रेसाले अभिव्यक्ति स्वतन्त्रतालाई शक्तिको दुरूपयोग, हिंसाको प्रयोग र आफ्नो देशमा बढिरहेको सत्ताको स्वेच्छाचारिता उदंग्याउन प्रयोग गरिन्”, नर्वेजियन नोबेल कमिटिले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “पत्रकारको रूपमा उनले अभिव्यक्ति स्वतन्त्रताको निडर रक्षक बनेर आफूलाई प्रस्तुत गरिन्।

रूसका मुरातोभले दशकौंदेखि रूसमा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा संघर्ष गरिरहेका छन्। सन् १९९३ मा स्वतन्त्र पत्रिका ‘नोभाजा ग्याजेटा’ प्रकाशन थालेका मुरातोभ सन् १९९५देखि त्यस पत्रिकाको सम्पादक छन्।

“सन् १९९३देखि नोभाजा ग्याजेटाले भ्रष्टाचार, प्रहरीको हिंसा, गैरकानूनी गिरफ्तारी, चुनावी धाँधली छलछाम र रूसी सेनाले देशभित्र र बाहिर प्रयोग गरिरहेको ‘ट्रोल फ्याक्ट्री’बारे आलोचनात्मक सामग्री प्रकाशन गरिरहेको छ”, विज्ञप्तिमा उल्लेख छ।

“स्वतन्त्र, आत्मनिर्भर र तथ्यमा आधारित पत्रकारिताले शक्ति दुरूपयोग, झुठ र युद्ध प्रोपागान्डाबाट जनतालाई जोगाउँछ”, कमिटिले भनेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved