जसपाले बुझायो चार मन्त्रीको नाम

नेपालभ्युज

जसपाले बुझायो चार मन्त्रीको नाम
फाइल तस्वीर

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)ले चार मन्त्रीको नाम बुझाएको छ। अध्यक्ष उपेन्द्र यादवले रेणु यादव, रामसहाय प्रसाद यादव, महेन्द्र राय यादव र राजेन्द्र प्रसाद श्रेष्ठको नाम प्रधानमन्त्री शेर बहादुर देउवालाई बुझाएको जसपाले जनाएको छ।

गठबन्धन बैठकको छलफलबाट जसपाले संघीय मामिला तथा सामान्य प्रशासन, भौतिक पूर्वाधार तथा यातायात, वन तथा वातावरण र कृषि तथा पशुपंछी विकास मन्त्रालय पाएको थियो।

जसपाका अनुसार रेनु भौतिक पूर्वाधार तथा यातायात, रामसहाय वन तथा वातावरण, महेन्द्र राय यादव कृषि तथा पशुपंछी र राजेन्द्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पाउँदैछन्।

प्रधानमन्त्री देउवाले बिहीबार नै मन्त्रीहरूको नाम मागेकोमा आन्तरिक सहमति नजुट्दा जसपाले नाम बुझाउन सकेको थिएन।

यसअघि माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले मन्त्रीहरुको नाम टुंग्याई सकेका छन्। प्रधानमन्त्री देउवा आजै मन्त्रिपरिषद् विस्तारको तयारीमा छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved