बेलायतको रातो सूचीबाट हट्यो नेपाल

रातो सूचीबाट हटेसँगै यो लागू भने सोमबार अर्थात् यही २५ असोजदेखि लागू हुने कुरा भ्रमणसम्बन्धी गतिविधिअन्तर्गत प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।

नेपाल भ्यूज

बेलायतको रातो सूचीबाट हट्यो नेपाल

काठमाडौं। कोरोना महामारीका कारण विश्वका धेरै देशलाई रातो सूचीमा राखेको बेलायत सरकारले नेपाललाई हटाएको छ । उसले अन्तर्राष्ट्रिय भ्रमणसम्बन्धी रातो सूचीबाट नेपाललाई हटाएको हो।

बेलायत सरकारले बिहीबार नेपाललगायत ४७ देशलाई आफ्नो रातो सूचीबाट हटाएको जनाएको छ । यससँगै अझै अन्य सात देश भने रातो सूचीमै छन् ।

रातो सूचीबाट हटेसँगै यो लागू भने सोमबार अर्थात् यही २५ असोजदेखि लागू हुने कुरा भ्रमणसम्बन्धी गतिविधिअन्तर्गत प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।

बेलायतले विश्वका ३७ देशलाई ती देशमा लगाइएका कोभिड खोपलाई समेत मान्यता दिएको छ । ती देशबाट बेलायत प्रवेश गर्नेले अब क्वारेन्टिन बस्न नपर्ने तर चाहेमा कोरोना परीक्षण डे टु प्याकेज भने प्रयोग गर्न सक्ने जनाइएको छ ।

बेलायत सरकारले बेलायत भ्रमणमा आउनेले कोरोनाका चार प्रकारका खोपमध्ये जुनकुनै लगाएको भए पनि मान्य हुने भनेको छ । त्यसमा अक्सफोर्ड/अस्ट्राजेनेका, फाइजर, मोडेर्ना र जोन्सेनलाई राखेको छ । नेपालबाट बेलायत जाँदा नेपालमा खोप लगाएको प्रमाण पेश गर्नुपर्ने छ ।

जुनसुकै देशबाट आए पनि खोप लगाएको प्रमाणमध्ये एनएचएस कोभिड पास, ईयू डिजिटल कोभिड प्रमाणपत्र, रोग नियन्त्रण तथा रोकथाम शाखाको पूर्जी वा सम्बन्धित देशको स्वास्थ्य मन्त्रालयले प्रदान गरेको खोप लगाएको प्रमाणित गरेको प्रमाणपत्र यीमध्ये कुनै एक भए पुग्ने भनिएको छ ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved