दशैँलक्षित खोप अभियान

काठमाडौंमा आजदेखि १८ वर्षमाथिका सबैलाई कोरोना खोप लगाइँदै

खोप कार्यक्रम बिहान १० बजेदेखि अपरान्ह चार बजेसम्म सञ्चालन हुनेछ । विद्युतीय दर्ता नम्बरका लागि वेबसाइट vaccine.mohp.gov.np बाट सेवा लिन सकिने व्यवस्था छ।

नेपालभ्युज

काठमाडौंमा आजदेखि १८ वर्षमाथिका सबैलाई कोरोना खोप लगाइँदै
फाइल तस्वीर

काठमाडौं। काठमाडौं महानगरपालिकाले १८ वर्षमाथिका सबै नागरिकलाई आजदेखि दशैँलक्षित कोभिड-१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ।

यसअघि, खोप केन्द्र रहेका ३२ वटै वडाका खोप केन्द्र र केही थप गरिएका केन्द्रबाट यही असोज २४ गतेसम्म भेरोसेलको पहिलो मात्रा दिने गरी खोप कार्यक्रम सञ्चालन गर्ने महानगरले जनाएको छ।

महानगरका ३२ खोप केन्द्रबाहेक नेपाल प्रहरी अस्पताल, वीर अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र वीरेन्द्र सैनिक अस्पतालबाट नागरिकले सेवा लिन सक्नेछन्।

स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्ने गराउने अनुरोधसँगै १८ वर्षमाथिका सबैका लागि तीनदिने खोप कार्यक्रम चलाउन लागेको महानगरको जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले बताए।

खोप लगाउनका लागि परिचय खुल्ने फोटोसहितको परिचयपत्र र विद्युतीय दर्ता नम्बरसहित नजिकको खोप केन्द्रमा जान महानगरपालिकाले आग्रह गरेको छ।

खोप कार्यक्रम बिहान १० बजेदेखि अपरान्ह चार बजेसम्म सञ्चालन हुनेछ । विद्युतीय दर्ता नम्बरका लागि वेबसाइट vaccine.mohp.gov.np बाट सेवा लिन सकिने व्यवस्था छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved