पछिल्लो २४ घण्टामा थपिए ८०५ कोरोना संक्रमित

नेपालभ्युज

पछिल्लो २४ घण्टामा थपिए ८०५ कोरोना संक्रमित

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर ८०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। ७ हजार २६४ नमुनाको पीसीआर परीक्षणमा ६६७ जना र ३ हजार ४०८ नमुनाको एन्टिजेन परीक्षण गर्दा १३८ जनामा कोरोना संक्रमण देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ। यस्तै  ९११ जना निको भएका छन्। नयाँ थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल सङ्ख्या ८ लाख ९३ हजार ७२  पुगेको छ। तीमध्ये कोरोना संक्रमणबाट हालसम्म ११ हजार २ सय जनाको मृत्यु भएको छ। यस्तै ७ लाख ७३ हजार १४० जना संक्रमणमुक्त भएका छन्।

देशभर रहेका सक्रिय संक्रमितमध्ये १४ हजार ७२८ जना होम आइसोलेसनमा रहेका छन्। यस्तै १ हजार २१४ जना संस्थागत आइसोलेसनमा रहेका छन्। कोरोनाका बिरामीमध्ये ३२९ जनाको आइसियु र ११२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये २९४ जना काठमाडौं उपत्यकाका हुन्। जसमा काठमाडौंका २०७, ललितपुरका ५३ र भक्तपुरका ३४ जना छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved