काठमाडौँका ९ स्थानीय तहमा आफ्नै पाठ्यक्रम, दुईमा बाँकी

काठमाडौँका ९ स्थानीय तहमा आफ्नै पाठ्यक्रम, दुईमा बाँकी

काठमाडौँ। काठमाडौँका ११ मध्ये नौ स्थानीय तहले आफ्नै स्थानीय पाठ्यक्रम लागू गरेका छन्। नेपालको संविधानले आधारभूत तह (८ कक्षासम्म) एक विषयको पाठ्यक्रम स्थानीय तहले गरेको छनोट, विषय आदि समेटेर स्थानीय तहलाई नै पाठ्यक्रम निर्माण गर्ने अधिकार दिएको छ।

केन्द्रको पाठ्यक्रमले स्थानीय संस्कृति समेट्न नसक्ने भएकाले स्थानीय पाठ्यक्रमको अवधारणा आएकोमा सोअनुसार काठमाडौँका नौओटा स्थानीय तहले आफ्नै पाठ्यक्रममार्फत पठनपाठन शुरु गरेका छन्। नागार्जुन र टोखा नगरपालिकाले भने अझैँ आफ्नै पाठ्क्रम लागू गर्न सकेका छैनन्।

गोकर्णेश्वर नगरपालिकाले तीन वर्षदेखि आफ्नै पाठ्क्रम तयार गरी पठनपाठन गराइरहेको छ। काठमाडौँ महानगरापलिका, चन्द्रागिरी, शखंरापुर, कीर्तिपुर, दक्षिणकाली, कागेश्वरी मनोहरा, गोकर्णेश्वर, किर्तिपुर नगरपालिका र बूढानीलकण्ठ नगरपालिकामा हाल स्थानीय पाठ्यक्रममार्फत पठनपाठन भइरहेको छ।

स्थानीय पाठ्यक्रममा काठमाडौँ महानगरपालिका, कीर्तिपुर नगरपालिका र नार्गाजुन नगरपालिकाले नेपाल भाषा छनोट गरेका छन् भने बाँकी ६ स्थानीय तहले नेपाली भाषा नै छनोट गरेका छन्।

कला, धर्म र संस्कृति काठमाडौँ उपत्यकाको पहिचान भएकाले कामपाले नेपाल भाषा छनोट गरेको कामपाका शिक्षा शाखा प्रमुख रामप्रसाद सुवेदीले बताए।

कामपाले स्थानीय पाठ्यक्रम पठनपाठनका लागि नेपाल भाषा छनोट गरेको उनले बताए। “कामपाले गत शैक्षिक सत्रदेखि नेपाल भाषामा अध्ययन गराउन सुरु गरेको हो,” उनले भने, “स्थानीय तहका पाठ्यक्रमको मुख्य विषयवस्तु आफ्नो क्षेत्रको धर्म संस्कृति, भाषा, रहनसहन, पर्यटकको आकर्षक केन्द्र ऐतिहासिक सम्पदा र उद्यान रहेको छ।”

कीर्तिपुरमा चालू शैक्षिक सत्रमा कक्षा ३ सम्म स्थानीय पाठ्यक्रम लागू गरिएको कीर्तिपुर नगरपालिकाको शिक्षा प्रमुख गोविन्द्र प्रसाद निरौलाले बताए। उनले भने, “कक्षा ८ सम्मका लागि पाठ्यक्रम तयार भइसकेको छ क्रमश: यसलाई लागू गर्दे जाने योजना छ।” नेपाल भाषामा पाठयक्रम तयार भएपनि अध्यापन गराउने क्रममा अंग्रजी वा नेपालीमा पनि बुझाइने गरेको जानकारी उनले दिए।

चन्द्रागिरी नगरपालिकामा चन्दागिरीको पहिचान झल्कने ‘हाम्रो चन्दागिरी’ नामको पुस्तक पठनपाठन भइरहेको चन्द्रागिरी नगरपालिकाका शिक्षा प्रमुख कर्ण बहादुर भुवाजीले बताए।

हालसम्म पाठ्यक्रम तयार गर्न नसकेको टोखा नगरपालीका पाठ्यक्रम तयारको काम अघि बढिसकेको बताएको छ। विषय छनोट गर्ने निर्णय गर्न नसक्दा ढिलाई भएकोमा टोखाको ऐतिहासीक, कला र संस्कृति बिषय छनोट गरिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम गौतमले बताए। “नेपाल भाषामा पढाउने भन्ने निर्णय भएको छ, दशैँपछि तीन ओटा वडामा पठनपाठन शुरु गर्ने योजना छ,” उनले बताए।

यस्तै नागार्जुन नगरपालिकाले पनि पाठ्यक्रम लेखनको काम अघि बढिसकेको बताएको छ। बजेट अभावका कारण पाठ्यक्रम निर्माणमा ढिलाइ भएकोमा आगामी आर्थिक वर्षसम्ममा स्थानीय पाठ्यक्रम लागू गर्ने नगरपालिकाका शिक्षा प्रमुख कृष्ण बहादुर कुँवरले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved