अष्ट्रेलिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

अष्ट्रेलिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

काठमाडौँ। नेपाल प्रहरीले अष्ट्रेलिया पठाइदिन्छ भनी १२ लाख रुपैयाँ ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले आफूलाई क्विन्सल्याण्ड एजुकेशन फाउण्डेशन प्रालिका सञ्चालक रहेको बताउने विराटनगरका ४१ वर्षीय मणि निरौलालाई पक्राउ गरेको हो।

निरौलालाई मंगलबार नयाँ बानेश्वरबाट पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो।

निरौलाले म्याग्दी घर भई हाल टोखा बस्ने २४ वर्षीय सुजन खत्रीलाई अध्ययनका लागि डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया पठाइदिन्छु भनी विश्वास दिलाइ प्रलोभनमा पारेर उक्त रकम ठगी गरेका थिए।

निरौलाले सञ्चालन गरेको एजुकेशन प्रालि हाल बन्द रहेको पाइएको छ। पक्राउ निरौलालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी वृत्त सिंहदरबार पठाइएको महाशाखाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved