एमसीसी नेपालको हितमा भए मात्र बढाइन्छ – परराष्ट्मन्त्री

नेपालभ्युज

एमसीसी नेपालको हितमा भए मात्र बढाइन्छ – परराष्ट्मन्त्री
फाइल तस्वीर

काठमाडौं । परराष्ट्रमन्त्री डा नारायण खड्काले राष्ट्रिय सहमतिबाटै एमसीसीलाई अघि बढाइने बताएका छन्।

सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्री खड्काले एमसीसी नेपालको हितमा रहेमात्र राष्ट्रिय सहमतिबाट बढाउने बताए। एमसीसी मुलुकको हितमा रहेको नपाइए स्पष्ट रुपमा अमेरिकासमक्ष आफ्नो कुरा राख्नुपर्ने उनले तर्क गरे।

मन्त्री खड्काले परराष्ट्रनीति मुलुकको ऐना भएको भन्दै यसलाई राजनीतिक सहमतिमार्फत नै अन्तिम रूप दिनुपर्ने धारणा राखे। त्यस्तै मन्त्री खड्काले अन्तराष्ट्रिय सम्बन्धलाई मुलुकको हितका आधारमा बढाउन आफू प्रतिबद्ध रहेको पनि बताए।

बैठकमा संयुक्त राष्ट्रसंघको ७६ औँ महासभामा छलफलबारे पनि उनले बैठकमा जानकारी गराएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved