सुनियोजित रूपमा मेरो बदनाम गर्न खोजियो – मुख्यमन्त्री राउत

नेपालभ्युज

सुनियोजित रूपमा मेरो बदनाम गर्न खोजियो – मुख्यमन्त्री राउत

काठमाडौँ। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ‘बेटी पढाउ बेटी बचाउ अभियान’मा अख्तियारमार्फत छापा मार्न लगाई सुनियोजित रूपमा आफ्नो कार्यकाल बदनाम गर्न खोजेको दाबी गरेका छन्।

आजदेखि  शुरु संसद् अधिवेशनमा बोल्दै उनले अख्तियारको छापा र त्यसपछि सरकारविरुद्ध आएका टीकाटिप्पणीले मुख्यमन्त्री कार्यालयको गरिमा खस्किएको उनले बताए।

कहीँकतै कमजोरी भइहाले पनि त्यो आफूबाट नभई कर्मचारीबाट भएको हुनसक्ने भन्दै उनले आफ्नो बचाउ गरे। आफू निष्पक्ष छानबिनको पक्षमा रहेको बताउँदै उनले कार्यालयमा छापा मार्नुपूर्व आफूसँग अख्तियारले सम्पर्क गर्नुपर्ने बताए। अख्तियारले सम्पर्क गरे आफैँले कागजात उपलब्ध गराउने बताउँदै उनले छापाप्रति असन्तुष्टि व्यक्त गरे।

अख्तियारले कुनै पूर्व सूचना र जानकारी पनि नदिएको बताउँदै उनले कार्यालयबाट भएका सबै काम पारदर्शी भएको दाबी गरे। कर्मचारीबाट कतै कमजोरी भएको भए त्यसलाई आफू सच्चाइने उनले बताए।

मुख्यमन्त्री राउत आज प्रदेशसभाबाट विश्वासको मत लिँदै छन्। जनता समाजवादी पार्टी (जन फुटेर महन्थ ठाकुरको नेतृत्वमा लाेकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन भएपछि सत्तारुढ दल विभाजित भएको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उनले विश्वासको मत लिन लागेका हुन्।

यसैगरी लाेसपा संसदीय दलका नेता जितेन्द्र सोनलले प्रदेशसभा बैठकमा बोल्दै मुख्यमन्त्री राउतको राजीनामा मागेका छन्। ‘बेटी पढाउ बेटी बचाउ अभियान’मा वितरण गरिएको साइकल खरीदमा भएको अनियमितताले सरकार बदनाम भएकाले मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने बताए।

अख्तियारले छापा मारेकै दिन मुख्यमन्त्री राउतले संघीयता खतरामा पर्ने बताएका थिए। नेता सोनलले अख्तियारको छापाले मुख्यमन्त्रीले बताए जस्तो संघीयता खतरामा नपर्ने ठोकुवा गरे।

मुख्यमन्त्रीले राजीनामा दिएर अख्तियारलाई निष्पक्ष छानबिन गर्न दिनुपर्ने उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved