सर्वाधिक लोकप्रिय भारतीय टेलिभिजन कार्यक्रम ‘रामायण’मा रावणको चरित्र निर्वाह गर्ने पात्रको निधन भएको छ।
लंकाधिपति रावणको भूमिका निभाएका अभिनेता तथा पूर्वसांसद अरविन्द त्रिवेदीको हिजो (५ अक्टोबर) मा मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। त्रिवेदीको ८३ वर्षको उमेर निधन भएको हो।
उनको मृत्युको खबरको पुष्टि गर्दै अरविन्द त्रिवेदीका भतिजा कौस्तुभले भने, “उहाँको ५ अक्टोबरको दिन बिहान १० बजे निधन भयो, उहाँको स्वास्थ्य पछिल्लो २-३ दिनदेखि बिग्रँदै थियो, यद्यपि उनी कुनै ठूलो बिरामी थिएनन्।”
यस वर्षको मेमा त्रिवेदीको मृत्युको खबर बाहिर आएको थियो, जसलाई उनका भतिजा कौस्तुभले खण्डन गरेका थिए। यसबाहेक, रामायणमा लक्ष्मण को भूमिका निभाएका सुनील लाहिरीले सामाजिक सञ्जालमा एक पोस्ट गरी यी सबै अफवाह भएका बताएका थिए।
त्रिवेदीले हिन्दी र गुजराती गरी एक दर्जन बढी फिल्ममा अभिनय गरेका थिए। सन् १९७१ मा प्रदर्शित ‘पराया धन’बाट उनले बलिउडमा प्रवेश गरेका थिए।
सन् १९९१ मा त्रिवेदी भारतीय जनता पार्टीबाट लोकसभामा सदस्य बनेका थिए।
Facebook Comment
Comment