मन्त्रिपरिषद् बैठक : राहदानीमा थप हुने सुरक्षा विशेषतालाई स्वीकृत गर्ने निर्णय

नेपालभ्युज

मन्त्रिपरिषद् बैठक : राहदानीमा थप हुने सुरक्षा विशेषतालाई स्वीकृत गर्ने निर्णय
फाइल तस्वीर

काठमाडौं । सरकारले विद्युतीय राहदानीमा थप हुने सुरक्षा विशेषतालाई स्वीकृत गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसको मन्त्रिपरिषद् बैठकले (सेक्युरिटिज् फिचर्स) लाई स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए।

त्यस्तै बैठकले रोजगार अनुमति प्रणाली सञ्चालन तथा व्यवस्थापन पहिलो संशोधन निर्देशिका २०७८ लाई स्वीकृत गरेको छ। नेपाल प्रशासन सेवातर्फ राजपत्रांकित विशिष्ट श्रेणी पदमा सहसचिव रविलाल पन्तलाई बढुवा गर्ने र वैदेशिक रोजगार न्यायाधीकरणको रिक्त सदस्य पदमा सहन्यायधिवक्ता डा गोपिचन्द्र भट्टलाई नियुक्त गर्ने निर्णय पनि गरेको कार्कीले बताए।

त्यस्तै बैठकले ऋण असुलीकरणको कानून सदस्य पदमा उपसचिव विष्णु रेग्मीलाई नियुक्त गर्ने निर्णय भएको उनले बताए।

मन्त्रिपरिषद् बैठकले २४ असोजदेखि शुरु हुने असंलग्न आन्दोलनसम्बन्धी बैठकमा सहभागी हुने परराष्ट्रमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलको गठन गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved