चीनले नेपाललाई थप १० लाख कोरोना खोप दिने

नवनियुक्त परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग औपचारिक रुपमा भेट गर्दै चिनियाँ राजदूत होउ यान्छीले थप १० लाख भ्याक्सिन प्रदान गर्ने बताएकी हुन्।

नेपालभ्युज

चीनले नेपाललाई थप १० लाख कोरोना खोप दिने

काठमाडौँ। कोभिड-१९ महामारीविरुद्ध लड्न नेपाललाई चीनले थप दश लाख सिनोभ्याक्स खोप प्रदान गर्ने भएको छ।

नवनियुक्त परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग औपचारिक रुपमा भेट गर्दै चिनियाँ राजदूत होउ यान्छीले थप १० लाख भ्याक्सिन प्रदान गर्ने बताएकी हुन्। परराष्ट्रमन्त्री डा. खड्कासँग भेट गर्न सोमबार परराष्ट्र मन्त्रालय पुगेकी राजदूत यान्छीले यस्तो प्रतिवद्धता जनाएकी हुन्।

पछिल्लो समय नेपाल सरकार र नेपालस्थित चिनियाँ दूतावासबीच सम्बन्धमा तिक्तता आएका बेला राजदूत यान्छीले परराष्ट्रमन्त्री खड्कालाई भेटेकी हुन्। कांग्रेस नेतृत्वको सरकारले नेपाल-चीन सीमा अध्ययन गर्न एक समिति गठन गरेसँगै कांग्रेस र दूतावासबीचको सम्बन्धमा तिक्तता आएको बताइन्छ।

चीनले नेपालको सीमा नमिचेको बताउँदै गर्दा देउवा नेतृत्वको सरकारले गृह मन्त्रालयका एक अधिकारीको नेतृत्वमा सीमा अध्ययन समिति गठन गरेको थियो।

अध्ययन समितिले सीमा क्षेत्रको अनुगमनसँगै तयार पारेको प्रतिवेदन गृहमन्त्री बालकृष्ण खाँडलाई बुझाइसकेको छ। प्रतिवेदनमा उल्लेखित विषय भने सार्वजनिक भएको छैन।

शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएसँगै चिनियाँ राजदूत यान्छीसँग भएको भेटमा पनि राजदूत यान्छीले १६ लाख कोभिड भ्याक्सिन दिने प्रतिवद्धता जनाएकी थिइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved