टेलिकमको दशैँ अफर, ९८ रुपैयाँमा ६ जिबी डेटा

नेपालभ्युज

टेलिकमको दशैँ अफर, ९८ रुपैयाँमा ६ जिबी डेटा

काठमाडौं। नेपाल टेलिकमले चाडपर्वका अवसरमा मङ्गलबारेदेखि विभिन्न डेटा, भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनससहितको ‘फेस्टिभल अफर’ उपलब्ध गराएको छ। सो अफर आगामी कात्तिक २ गतेसम्म जारी रहने प्रवक्ता राजेश जोशीले बताए।

भ्वाइस सेवा अन्तर्गत २५ रुपैयाँमा १ दिन (२४ घण्टा) प्रयोग गर्न सकिने ४५ मिनेटको प्याक, ४० रुपैयाँमा तीन दिन प्रयोग गर्न सकिने ८० मिनेटको प्याक र ५ सय रुपैयाँमा ३५ दिनसम्म प्रयोग गर्न सकिने एक हजार ३ सय मिनेटको प्याक उपलब्ध हुनेछ। यी प्याकहरु जुनसुकै समय (अल टाइम) प्रयोग गर्न सकिन्छ।

अगामी तिहार, न्हुँदया र छठका अवसरमा यी अफर कात्तिक १६ गतेदेखि कात्तिक २४ गतेसम्म पुनः उपलब्ध हुने टेलिकमले जनाएको छ। डाटा प्याकअन्तर्गत २९४ रुपैयाँमा २० जीवी डाटा १० दिनभित्र र ९८ रुपैयाँमा ६ जीवी डाटा तीन दिनभित्र प्रयोग गर्न सकिने अफर उपलब्ध हुनेछ।

यसैगरी एक दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने एक एमबीपीएस गतिको अनलिमिटेड प्याक ६९ रुपैयाँमा उपलब्ध हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved