अब नेपाल भारत उडान सातामा १४ दिन

नेपालभ्युज

अब नेपाल भारत उडान सातामा १४ दिन

काठमाडौँ। नेपाल र भारतको राजधानी जोड्ने उडानको संख्या दैनिक दुई अर्थात् सातामा १४ पुगेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक गरेको नयाँ तालिका अनुसार राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले एक र भारतीय कम्पनी एयर इन्डियाले एक गरी दैनिक दुई जहाजले यो रुटमा उडान गर्नेछन्।
यसअघि यो रुटमा साताको १० उडान मात्र स्वीकृत थियो।

जसमा नेपाल एयरलाइन्सले सातामा सात र एयर इन्डियाले तीन मात्र उडानको अनुमति पाएको थियो। यो महिना भने दुवै वायुसेवाले दैनिक उडान गर्ने भएका छन्।
नयाँ तालिका अनुसार युएईको सारजहा अन्तर्राष्ट्रिय विमानस्थलबाट एयर अरेबियाले दैनिक तीन वटा उडानको अनुमति पाएको छ। यो मुलुकको आबुधावी विमानस्थलबाट भने एयर अरेबियाले दैनिक एक उडान गर्ने भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved