बुद्ध एयर जहाज ल्यान्डिङ प्रकरण : क्याप्टेन शेर्पाको पनि गल्ती भेटियो

 समितिले विमान उड्नुअघि क्रू मेम्बरले जहाजको ‘इन्डिकेटर’को संकेत याद नगरी उडान गर्दा समस्या आएको निष्कर्ष निकालेको छ।

नेपालभ्युज

बुद्ध एयर जहाज ल्यान्डिङ प्रकरण : क्याप्टेन शेर्पाको पनि गल्ती भेटियो

काठमाडौँ। बुद्ध एयरको जहाजमा ल्यान्डिङ गियर (पाङ्ग्रा) नखुल्दा दुई घण्टा आकाशमै होल्ड भएको प्रकरणमा क्याप्टेन आंगेलु शेर्पासहितका क्रू मेम्बरको पनि कमजोरी रहेको भेटिएको छ। जोखिमपूर्ण अवस्थामा रहेका विमानमा सवार ७३ यात्रुसहित ७७ जनाको ज्यान सुरक्षित गराएको भन्दै चर्चा कमाइरहेका क्याप्टेन शेर्पासहित नै दोषी ठहर भएका हुन् ।

अघिल्लो सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विराटनगरका लागि उडेको बुद्ध एयरको विमान गन्तव्यमा अवतरण नै नगरी फर्किएको थियो । आकाशमै पटक–पटक फन्को मारेर झन्डै दुई घण्टापछि ल्यान्ड भएको थियो । ल्यान्डिङ गियरमा समस्या आएको भनिएको थियो ।
घटनाको छानबिन गर्न नेपाल नागरिक उड्यान प्राधिकरणले गठन गरेको समितिले क्याप्टेनसहितका क्रू मेम्बरको लापरवाहीले घटना भएको ठहर गरेको छ ।

बुद्धकाे जहाजमा के भएकाे हाे? किन दोहोरिइरहन्छ?

समितिले विमान उड्नुअघि क्रू मेम्बरले जहाजको ‘इन्डिकेटर’को संकेत याद नगरी उडान गर्दा समस्या आएको निष्कर्ष निकालेको छ।

समितिको प्रतिवेदनको निष्कर्ष उद्धृत गर्दै एक अधिकारीले भने ‘‘विमान उड्नुअघि जहाज हरतरहले ठिक छ वा छैन परीक्षण गर्नुपर्छ। तर पाइलटलाई ककपिटभित्र देखिएको इन्डिकेटरले समस्या रहेको संकेत देखाएको रहेछ । त्यो ख्याल नगरी क्याप्टेनले जहाज उठाउनुभएछ।’’

छानबिन पूरा नभई उडाइयो बुद्ध एयरको जहाज

क्याप्टेन शेर्पाले भने प्राविधिक समस्या देखिएको जहाजलाई सुरक्षित अवतरण गराएको भनेर चर्चा र प्रशंसा कमाइरहेका छन् । उनलाई अहिले ग्राउण्डेड गरिएको छ ।

शेर्पालाई छानबिन प्रक्रिया पूरा नहुँदासम्म ग्राउन्डेड गरिएको बुद्ध एयरका एक उच्च अधिकारीले बताए। नागरिक उड्डयन नियमावली २०५४ मा छानबिन पूरा नहुन्जेल पाइलटलाई निलम्वन गर्ने व्यवस्था छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved