तातोपानी नाका खोल्न चिनियाँ पक्षसँग कुटनीतिक पहल गर्छु : परराष्ट्रमन्त्री खड्का

मन्त्री खड्काले यस विषयमा सरकारले संवेदनशील भएर सम्बोधन गर्ने प्रयास गर्ने उल्लेख गरे। २० वटाभन्दा धेरै छाड्ने व्यवस्था मिलाउन र कन्टेनरको संख्या अत्यधिक रुपमा बढाइदिन आग्रह गर्ने उनले बताए।

नेपालभ्युज

फाइल तस्वीर

काठमाडौं। परराष्ट्रमन्त्री डा.नारायण खड्काले सिन्धुपाल्चोकस्थित नेपाल–चीनको तातोपानी भन्सार नाका खोल्नका लागि चिनियाँ पक्षसँग कुटनीतिक पहल गर्ने बताएका छन्।

सोमबार कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत र सिन्धुपाल्चोक जिल्लाका व्यवासायीहरूसँग भएको भेटमा मन्त्री डा.खड्काले बाढीपहिरोले तहस नहस बनाएको तातोपानी नाका शुचारु गर्न सके सिन्धुपाल्चोकको आर्थिक अवस्था सुधार हुने भन्दै भन्सार नाका खोल्नका लागि चिनियाँ पक्षसँग कुटनैतिक पहल गर्ने बताएका हुन्।

मन्त्री खड्काले यस विषयमा सरकारले संवेदनशील भएर सम्बोधन गर्ने प्रयास गर्ने उल्लेख गरे। २० वटाभन्दा धेरै छाड्ने व्यवस्था मिलाउन र कन्टेनरको संख्या अत्यधिक रुपमा बढाइदिन आग्रह गर्ने उनले बताए।

त्यस्तै, कांग्रेसका केन्द्रीय सदस्य बस्नेतले तातोपानी नाका बन्द हुँदा अर्बौँ राजश्वमा असर परेको र व्यापारीका साथै धेरै जनताले रोजगारी गुमाएको बताए। उनले जाडो मौसममा किनेको वस्तु गर्मी मौसममा आउने अवस्था रहेकाले व्यापारीहरु मर्कामा परेको बताए।

बस्नेतले चीनबाट ४० हजार टन मल ल्याउने कुरा भएपनि १५ सय टन मल नाकामा नै रोकिएको बताए। भेटका क्रममा हिमालय व्यापार सीमापार व्यापार संघ र सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका प्रतिनिधिहरूले चिनियाँ पक्षले सहज रुपमा तातोपानी र रसुवा नाका खोल्न नमानेको गुनासो गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved