नागार्जुनमा एकीकृत समाजवादीको कमिटी गठन

नेपालभ्युज

नागार्जुनमा एकीकृत समाजवादीको कमिटी गठन

काठमाडौं। नेकपा एमालेबाट विभाजित पार्टी नेकपा एकीकृत समाजवादीले संगठन विस्तारलाई अघि बढाएको छ। यही क्रममा नाजार्जुन नगरपालिकाका सबै वडामा कमिटी गठन प्रक्रिया अघि बढेको जानकारी नगर कमिटी संयोजक कृष्णहरि खत्रीले दिएका छन्।

उनका अनुसार, हालसम्म वडा नं १ मा श्यामबाबु लामाको संयोजकत्वमा ३१ सदस्यीय वडा कमिटी गठन भएको छ भने वडा ७ मा जगदिश गौतमको संयोजकत्वमा २१ सदस्यीय कमिटी गठन भएको छ।

यी वडा कमिटी गठनमा नेकपा (एस) प्रदेश कमिटी सदस्य डा. शशिधार खनाल, नगर कमिटी सदस्य जयराम गौतम, संयोजक खत्री लगायको उपस्थितिमा रहेको थियो। संयोजक खत्री भन्छन्, ‘तिहार अघिसम्म हामी नगरका सबै वडामा कमिटी गठन गरिसक्छौ र नगर भेला गर्ने तयारीमा छौं।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved