प्रिमियर लिग : चेल्सीले जित्दा युनाइटेड बराबरीमा रोकियो

नेपालभ्युज

प्रिमियर लिग : चेल्सीले जित्दा युनाइटेड बराबरीमा रोकियो

काठमाडौं । गएराति भएका प्रिमियर लिगमा चेल्सीले जित निकाल्दा म्यानचेष्टर युनाइटेड भने एभर्टनसँग बराबरीमा रोकिएको छ।

पहिलो हाफमा लिएको अग्रता जोगाउन नसकेको युनाइटेडले घरेलु मैदानमा दोस्रो हाफको ६५ मिनेटमा गोल खाएको थियो। युनाइटेका लागि ४३ मिनेटमा एन्थोनी मार्सिएलले गोल गरेका थिए। तर दोस्रो हाफमा गोल खाएर बराबरी भएपछि लिगको दोस्रो स्थानमा उक्लिने मौका खेर गएको छ।

खेल अवधिभर आफ्नो पक्षमा बल नियन्त्रणमा राखे पनि युनाइटेडले थप गोल गर्न सकेन।

त्यसैगरी गएराति चेल्सीले भने साउथ ह्याम्पटनलाई ३-१ गोलअन्तरले हराएको हो। ९ मिनेटमा अग्रता लिएको चेल्सीले ६१ मिनेटमा पेनाल्टीमार्फत गोल खाएपछि खेल बराबरीतर्फ धकेलिएको थियो।

तर जोर्गिन्होलाई आफ्नो डिबक्सको नजिकै खराब ट्याकल गरेपछि साउथ ह्याम्पटनका जेम्स वार्डले रातो कार्ड खाँदै मैदान छाडेका थिए। ७७ मिनेटमा १० खेलाडीमा सीमित भएपछि साउथ ह्याम्पटनलाई चेल्सीले ८४ र ८९ मिनेटमा थप दुई गोल गर्न सक्यो।

उसका लागि डेभिड वेर्नरले ८४ र वेन चेलवेलले त्यसपछि गोल गरे। चेल्सीले ९ मिनेटमा कोल्याभको गोलबाट अग्रता बनाएको थियो।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved