विप्लव र बाबुराम ज्ञानी हुनुभएको छ, म पनि ज्ञानी भएको छु : प्रचण्ड

नेपालभ्युज

विप्लव र बाबुराम ज्ञानी हुनुभएको छ, म पनि ज्ञानी भएको छु : प्रचण्ड
फाइल तस्वीर

काठमाडौं। नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व माओवादीबीच एकताको तयारी भइरहको बताएका छन्। नेकपा माओवादी केन्द्रको सम्पर्क समन्वय प्रदेश कमिटीको प्रशिक्षण भेलालाई सम्बोधन गर्दै दाहालले नेत्रबिक्रम चन्द विप्लव, मोहन वैद्य किरण र बाबुराम भट्टराईसँग पार्टी एकताका लागि छलफल शुरु भएको बताएका हुन्।

उनले जनता र कार्यकर्ता ठीक ठाउँमा भएको र आफूहरू बिग्रिएको बताउँदै अब एकता गर्नुपर्ने बताए। ‘‘अहिले बाबुराम पनि ज्ञानी हुनुभएको छ, विप्लवजी पनि ज्ञानी हुनु भएको छ, म पनि ज्ञानी भएको छ,’’ उनले भने, ‘‘जनता र कार्यकर्ता बिग्रिएका होइनन्, उनीहरू ठीक ठाउँमा छन्। अब फर्केर आत्मसमीक्षा गर्दै जनतामाझ जानुपर्छ।’’ उनले ज्ञानसहित कम्युनिस्टहरू नयाँ एकतामा आउन लागेको बताए।

एमालेभित्रका वैचारिक धार एकै भएका नेता पनि एक ठाउँमा आउनुपर्ने बताउँदै अब कम्युनिस्ट एकता आवश्यक भएको उनले बताए।

एमालेसँग एकता गरेपछि आफू जे मनमा छ त्यही बोल्ने भावुक मान्छे भएको र केपी ओली छलछाम, धोकाधारीको खेल खेल्ने भएकाले ओलीले कम्युनिस्ट आन्दोलन र मुलुक संकटमा पारेको आरोप उनले लगाए। जसकारण आफ्नै पार्टीभित्र विद्रोह गर्नु परेको बताउँदै उनले आफू पदको लोभमा नपरेको बताए।

शेरबहादुर देउवाले प्रधानमन्त्रीको प्रस्ताव गरेपनि त्यो बेला आफूले कम्युनिस्ट एकता रोजेको उनले बताए। ओलीको कारण निकै दु:ख गरेर देउवालाई प्रधानमन्त्री बनिदिन आग्रह गर्नुपरेको उनको भनाइ थियो। केपी ओलीसँग सहकार्य गरेर ठूलो ज्ञान प्राप्त गरेको र यो ज्ञान लिने सबैलाई ठूलो फाइदा हुने उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved