उपाधिका लागि एपीएफ र न्यू डायमण्ड क्लब भिड्ने

पाँचौ संस्करणमा पनि दुई टोलीबीच उपाधिका लागि भिडन्त भएकोमा एपीएफले बाजी मारेको थियो।

नेपालभ्युज

उपाधिका लागि एपीएफ र न्यू डायमण्ड क्लब भिड्ने

काठमाडौं। एनभीए महिला तथा पुरुष क्लब च्याम्पियनसिप भलिबल २०७८ को उपाधिका लागि विभागीय टोली एपीएफ क्लब र न्यू डायमण्ड क्लब भिड्ने भएका छन्। च्याम्पियनसिपको पाँचौ संस्करणमा पनि दुई टोलीबीच उपाधिका लागि भिडन्त भएकोमा एपीएफले बाजी मारेको थियो।

शुक्रबार सम्पन्न निकै प्रतिस्पर्धात्मक सेमिफाइनल खेलमा विभागीय टोली एपीएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-२ को सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेको हो।

एपीएफले पहिलो सेट २७–२५ले आफ्नो पक्षमा पारेको थियो। दोश्रो सेट २१–२५ ले गुमाउन पुगेको एपीएफले तेश्रो सेट पनि २५-२७ ले गुमाउन पुग्यो। हारको नजिक पुगेको उसले सम्हालिएको प्रदर्शन गर्दै चौथो सेट २६–२४ ले आफ्नो पक्षमा पार्न सफल भयो। जसले खेल २-२ को बराबरीमा पुगेको थियो।

अन्तिम तथा निर्णायक सेटमा एपीएफले १५-१३ ले आफ्नो पक्षमा पार्दै कठिन फाइनल यात्र तय गरेको थियो।

यस्तै दोश्रो सेमिफाइनल खेलमा न्यू डायमण्डले पुलिसमाथि ३-२ को जित निकाल्दै उपाधिका लागि चिर प्रतिद्वन्द्वी एपीएफसँगको भेट पक्का गर्‍यो। पहिलो सेट १८-२५ ले पुलिसलाई सुम्पेको डायमण्डले दोश्रो सेट २५–१७ ले आफ्नो पक्षमा पार्‍यो।

यस्तै पुनः तेश्रो सेट २१-२५ ले पुलिसलाई सुम्पन पुगेको डायमण्ड चौथो सेटमा सम्हालिँदै २५–१७ ले आफ्नो पक्षमा पार्दै खेललाई २–२ को बराबरीमा पुर्‍याउन सफल भयो।

तेश्रो तथा अन्तिम सेटमा १५-१३ ले आफ्नो पक्षमा पार्दै डायमण्ड उपाधि नजिक पुग्यो। चैतमा आयोजना हुने क्लब लिग भलिबल प्रतियोगिताका लागि यसै खेलका आधारमा पुरुषतर्फ ७ र महिलातर्फ ५ टिमले स्थान बनाउनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved