“राष्ट्रिय शहीद घोषणाको निर्णयमा जालझेल भयो, यो ठूलो अनुसन्धानको विषय हो”

नेपालभ्युज

“राष्ट्रिय शहीद घोषणाको निर्णयमा जालझेल भयो, यो ठूलो अनुसन्धानको विषय हो”

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिलो पटक सरकारको तर्फबाट साझा न्यूनतम कार्यक्रममार्फ शहीद, बेपत्ता परिवार र घाइते अपांगबारे सम्बोधन भएको बताएका छन्।

शहीद प्रतिष्ठान नेपालको १२ औँ साधारण सभामा प्रचण्डले भने, “राज्यका तर्फबाट गर्नुपर्ने राहत वितरण, उपचारका सन्दर्भमा पहिलो पटक औपचारिक दस्ताबेजीकरण भएको छ। र त्यो काम अगाडि बढेको छ।”

विगतमा छुटेका कैयौं कामहरू पनि समेटेर जनआन्दोलन र जनयुद्धमा सहादत पाएकालाई राष्ट्रिय शहीद घोषणा गर्ने प्रक्रिया पनि अगाडि बढेको उनले त्यस क्रममा बताए।

आफू पहिलो पटक प्रधानमन्त्री भएको क्याबिनेटले जनयुद्धमा सहादत पाएकाहरूलाई राष्ट्रिय शहीद घोषणा गर्ने निर्णय गरे पनि त्यतिबेला जालझेल भएकाले काम अधुरो भएको उनले बताए। साथै यो ठूलो अनुसन्धानको विषय भएको पनि उनको जिकिर थियो।

उक्त निर्णय राजपत्रका ननिकाल्दिएर निर्णय नै गायब पारिएको उनले आशंका व्यक्त गरे। उनले भने, “त्यसैले त्यस निर्णयलाई अहिले आधिकारिक भन्न गाह्रो भएको छ।” र अहिले गठबन्धनको सरकारको पालामा राष्ट्रिय शहीद घोषणा गर्ने प्रक्रिया अघि बढेको उनले बताए।

साथै उनले मन्त्रिपरिषद् विस्तारबारे एक दुई दिनमै टुंगो लाग्ने पनि बताए।

आफूहरूले प्रतिगामीविरुद्ध लडाइँ जितेको र त्यो पनि एउटा जनयुद्ध नै भएको उनले बताए। “हामी पराजित भएको भए गणतन्त्र नै उल्ट्याउने काम हुन्थ्यो। भिन्न रूपको जनयुद्ध नै हामीले जितेका थियौं,” उनले भने।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved