‘‘वर्तमान सरकार मुलुक र जनताप्रति उत्तरदायी’’

गरिबी अन्त्य, आत्मनिर्भर अर्थतन्त्र, व्यापार घाटा न्यूनिकरणका लागि  प्रतिस्थापन बजेटमार्फत् सरकारले काम शुरु गरिसकेको उनले बताए।

नेपालभ्युज

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले वर्तमान सरकार मुलुक र जनताप्रति पूर्णरुपमा उत्तरदायी भएर काम गर्ने बताएका छन्।

नेकपा माओवादी केन्द्र रुकुम(पश्चिम)–काठमाडौं सम्पर्क समन्वय समितिको भेलालाई काठमाडौंमा सम्बोधन गर्दै शर्माले आफू अर्थमन्त्री भएर आएपछि बजेटको प्रतिस्थापन विधेयकमार्फत धेरै जनताकेन्द्रीत कार्यक्रम ल्याएको बताए।

गरिबी अन्त्य, आत्मनिर्भर अर्थतन्त्र, व्यापार घाटा न्यूनिकरणका लागि  प्रतिस्थापन बजेटमार्फत् सरकारले काम शुरु गरिसकेको उनले बताए। सरकारले पहिलो पटक गरिब र विपन्नलाई आर्थिक राहत दिने कार्यक्रम ल्याएको र दीर्घ रोगीलाई मासिक उपचार खर्च दिने पनि व्यवस्था पहिलो पटक गरिएको दाबी उनले गरे। मलुकमा देखिएका समस्या समाधानका लागि समय तोकेरै कार्ययोजनामार्फत् काम गर्न लागिएको उनको भनाइ थियो।

माओवादी स्थायी समिति सदस्य समेत रहेका शर्माले उत्पादनसँग जोडिएको संगठन नभइ समाजवादमा जान नसकिने उल्लेख गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved