रुपचन्द्रको जीवनीमा आधारित चलचित्र रुदानेको टिजर सार्वजनिक (टिजरसहित)

चलचित्रको फस्ट लुक २०७४ को असारमा सार्वजनिक गरिएको थियो।

नेपालभ्युज

रुपचन्द्रको जीवनीमा आधारित चलचित्र रुदानेको टिजर सार्वजनिक  (टिजरसहित)

काठमाडौं। विद्रोही दार्शनिक तथा राजनीतिज्ञ रुपचन्द्र विष्टको जीवनीमा आधारित फिल्म ‘रुदाने : विद्रोह’को नेपाली नाम को टिजर सार्वजनिक भएको छ। निर्माण युनिटले बुधबार ओएसआर डिजिटलमार्फत टिजर सार्वजनिक गर्दै २०२२ को मध्यसम्ममा फिल्म रिलिज गर्ने जनाएको छ।

चलचित्र रुपचन्द्रको जीवन र थाहा दर्शनका विविध पाटाहरु समेटेर निमार्ण गरिएको प्रमुख कार्यकारी निर्माता जागृत रायमाझीले बताए। चलचित्रको अनुसन्धान,लेखन तथा निर्देशन अमित किशोर सुवेदी र विकास ढकालले संयुक्त रुपमा गरेका हुन्।

दावनल क्रियसनले निर्माण गरेको फिल्मका प्रमुख कार्यकारी निर्माता रायमाझी हुन् भने सहनिर्मातामा भानुभक्त थापा र सहायक निर्माताहरुमा पदम केशर कटुवाल र सहदेव प्रसाद सापकोटा रहेका छन्।

चलचित्रमा मुख्य चरित्र रुपचन्द्रको भूमिकामा दिब्य देबले अभिनय गरेका छन्। त्यसैगरी चलचित्रमा नम्रता श्रेष्ठ,रवि गिरी लगायतका कलाकारहरुको अभिनय रहेको छ।

रुदाने रुपचन्द्र आफैलै आफैलाई दिएको नाम हो , जसको पूर्ण अर्थ रु –रुप,दा–दामन, ने–नेपाल हुन्छ। रुपचन्द्रले सन् १९८० को दशकमा ‘थाहा आन्दोलन’ चलाएका थिए।

चलचित्रको फस्ट लुक २०७४ को असारमा सार्वजनिक गरिएको थियो। शुटिङमा जान भएको ढिलाइ र त्यसपछि देखिएको कोरोना संक्रमणका कारण चलचित्र सार्वजनिक गर्न ढिलाइ भएको कार्यकारी निर्माता रायमाझीले बताए।

टिजर


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved