सर्लाहीमा अटो र बोलेरो ठोक्किँदा सात जना घाइते

नेपाल भ्युज

सर्लाहीमा अटो र बोलेरो ठोक्किँदा सात जना घाइते

सर्लाही। लालबन्दी नगरपालिका वडा नम्बर १६ स्थित भोर्लेनीमा अटो भ्यान र बोलेर आपसमा ठोक्किँदा सात जना घाइते भएका छन्।

मंगलबार दिउँसो २ बजे रानीगन्जबाट परवानीपुर जाँदै गरेको अटो र पर्वानीपुरबाट रानीगन्जतिर आउँदै बोलेरो आपसमा ठोक्किएका स्थानीयले जनाएका छन्। घाइते सबै अटोमा सवार रहेका हुन्। अटो चालक गम्भीर घाइते भएका छन्। उनलाई अहिले लालबन्दीस्थित गढीमाई अस्पताल लगिएको छ। उनको नाम भने खुल्न सकेको छैन। प्रत्यक्षदर्शीले बताएअनुसार बोलेरोमा सवार कोही पनि घाइते भएका छैन्।

दुर्घटनास्थमा प्रहरी पुगेर थप अनुसन्धान गरिरहेको छ। घाइतेहरूलाई उपचारका अस्पताल लगिएको छ। तीव्र गति, साँघुरो बाटोका कारण दुर्घटना भएको अनुमान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved