खारेज भयो दल विभाजनसम्बन्धी अध्यादेश

सरकारको सिफारिसमा राजनीतिक दलसम्बन्धी अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले खारेज गरेकी हुन्। 

नेपालभ्युज

 खारेज भयो दल विभाजनसम्बन्धी अध्यादेश
फाइल तस्वीर
काठमाडौं । राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएको छ। सरकारको सिफारिसमा राजनीतिक दलसम्बन्धी अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले खारेज गरेकी हुन् ।
अध्यादेश सक्रिय रहँदा सत्ता गठबन्धनकै दल फुट्ने सम्भावना देखिएपछि भन्दै सोमवारको मन्त्रिपरिषद्को बैठकले अध्यादेश फिर्ता लिँदै राष्ट्रपति समक्ष सिफारिस गरेको थियो।
यसअघिको ४० प्रतिशतको व्यवस्था हटाएर सरकारले केन्द्रीय समिति र संसदीय दलमध्ये कुनै एकमै पनि २० प्रतिशत पुगे दल विभाजन हुन सक्ने प्रावधानसहितको अध्यादेश ल्याएको थियो। सरकारले अध्यादेश ल्याएपछि एमाले र जनता समाजवादी पार्टी फुटेका छन्।
राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि अब मंगलबार नै मन्त्रिपरिषद् विस्तारको तयारी रहेको नेताहरु बताउँछन्। प्रधानमन्त्री नियुक्त भएको झन्डै तीन महिना पुग्न लाग्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेकोमा प्रधानमन्त्री देउवाको चौतर्फी आलोचना भएको छ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved