केन्द्रीय कमिटी बैठक छाडेर हिँडे एमाले उपाध्यक्ष रावल 

केन्द्रीय कमिटी बैठकमा  केही बेर बसेर उनी बाहिरिएका हुन्। 

नेपालभ्युज

केन्द्रीय कमिटी बैठक छाडेर हिँडे एमाले उपाध्यक्ष रावल 
फाइल तस्वीर

काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष भीम रावल १० बुँदे सहमति अनुसार पार्टीलाई २०७५ जेठ २ को अवस्थामा नलगिएको भन्दै केन्द्रीय कमिटी बैठकबाट बाहिरिएका छन्। केन्द्रीय कमिटी बैठकमा  केही बेर बसेर उनी बाहिरिएका हुन्।

१० बुँदे सहमति अनुसार जेठ २ मा फर्काएर आफूलाई सुदूरपश्चिम इन्चार्जमा कायम गर्नुपर्ने अडान राख्दै आएका रावल त्यो जिम्मेवारी नभएपछि बैठकबाट बाहिरिएका हुन्। केन्द्रीय कमिटी बैठकअघि आइतबारै पार्टीको स्थायी कमिटी बैठक बसेको थियो।

त्यहाँ उनलाई आफ्ना कुरा राख्न भनिएको थियो। तर उनले आफ्ना केही कुरा नभएको मौन बसेका थिए। पछि केन्द्रीय कमिटी बैठकमा सहभागी भएका उनी केही बेर बसेर बाहिरिएका हुन्।

१० बुँदे अनुसार जेठ २ मा पार्टीलाई फर्काउनुपर्नेमा रावललगायत अरू नेताहरु छन्। झपट रावल र भानुभक्त जोशीले पनि १० बुँदे कार्यान्वयन नगर्ने हो भने नेतृत्वको निर्णय स्विकार्न नसकिने चेतावनी दिइसकेका छन्।
तर अध्यक्ष केपी शर्मा ओलीले अहिलेको एमाले तत्कालीन नेकपाको निरन्तरता पनि भएको भन्दै १०बुँदे सहमति कार्यान्वयन नगर्ने पक्षमा छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved