सिन्धुपाल्चोकमा भूकम्पको धक्का

नेपालभ्युज

सिन्धुपाल्चोकमा भूकम्पको धक्का

काठमाडौं। सिन्धुपाल्चोकमा चार दशमलव पाँच रेक्टर स्केलको भूकम्प गएको छ।

सदरमुकाम चौताराबाट करीब पाँच कोष उत्तरतर्फको जुगल गाउँपालिका ५ पाङटाङ केन्द्रविन्दू भएर आज दिउँसो १२ बजेर १२ मिनेटमा भूकम्प गएको हो।

भूकम्पको कम्पन सिन्धुपाल्चोक, काभ्रे, काठमाडौं र आसपासका जिल्लामा महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। यो २०७२ वैशाख १२ गतेको महाभूकम्पकै परकम्प भएको केन्द्रका वरिष्ठ भूगर्भविद् डा. लोकविजय अधिकारीले जानकारी दिए।

यसअघि गत सोमबार दार्चुलाको खारा केन्द्रविन्दू भएर चार दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved