सिन्धुपाल्चोकमा कांग्रेस वडा अधिवेशनमा खुकुरी हानाहान

कांग्रेस वडा अधिवेशनको समयमा खुकुरी हानाहान भएपछि अधिवेशन रद्द भएको नेपाली कांग्रेस सिन्धुपाल्चोकले जनाएको छ।

नेपालभ्युज

सिन्धुपाल्चोकमा कांग्रेस वडा अधिवेशनमा खुकुरी हानाहान
कांग्रेस वडा अधिवेशनको समयमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका खुकुरी हानाहान भएको छ। वडा नम्बर ३ स्थित गुम्बा गाउँमा खुकुरी हानाहान भएको कांग्रेस जिल्ला नेताहरूले बताएका छन्। यद्यपी खुकुरी हानाहानमा उत्रनेहरू अधिवेशनसँग सम्बन्धित व्यक्ति नभएको सिन्धुपाल्चोकले कांग्रेसले जनाएको छ।
कांग्रेस वडा अधिवेशनको समयमा खुकुरी हानाहान भएपछि अधिवेशन रद्द भएको नेपाली कांग्रेस सिन्धुपाल्चोकले जनाएको छ। ‘हुलहुज्जत गर्ने व्यक्तिहरू कांग्रेसका कार्यकर्ता पनि हैनन् र अधिवेशनसँग उनीहरूको कुनै सम्बन्ध छैन,’ कांग्रेस सिन्धुपाल्चोकका जिल्ला सचिव बिलबहादुर तामाङले भने।’
खुकुरी प्रहारबाट पाँचलाल तामाङ सख्त घाइते भएका छन्।  घाइते तामाङलाई हेलिकप्टरबाट उद्धार गरी काठमाडौं ल्याइएको र ह्याम्स अस्पतालमा उपचाररत रहेको जिल्ला प्रहरी कार्यालयका एसपी राजन अधिकारीले जानकारी दिए।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved