कोरोना अपडेट

पछिल्लो २४ घण्टामा थपिए १ हजार ४ सय ७६ संक्रमित

९ जनाको मृत्यु

नेपालभ्युज

काठमाडौं । नेपालमा शुक्रबार १ हजार ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको १० हजार ५ सय ७५ पीसीआर परीक्षणका क्रममा १ हजार १ सय ३ जनामा कोरोना संक्रमण भेटिएको हो। त्यस्तै ५ हजार १ सय १५ एन्टीजेन परीक्षणका क्रममा ३ सय ७३ जना संक्रमित फेला परेका स्वास्थ्य मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा कोरोना संक्रमित संख्या ८ लाख ८० हजार १ सय ५२ पुगेको छ। कोरोनाका कारण यो २४ ३ण्टामा थप ९ जनाको मृत्यु भएको छ।

हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ८१ जनाको मृत्यु भइसकेको छ। त्यस्तै थप १ हजार ५ सय ५० कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ५८ हजार ५ सय ४ संक्रमित निको भएका छन्।

हाल नेपालमा २० हजार २ सय ८७ सक्रिय संक्रमित आइसोलेसन र २ सय ४४ जना क्वारेन्टाइनमा रहेका मन्त्रालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved