चितवन पुगेर बादलले भने, ‘प्रचण्डसँग चुनाव लड्न तयार छु’

बादलले प्रचण्डले गुट बनाएर दक्षिणपन्थी र लोकतन्त्रविरोधी पक्षमा लागेका कारण आफूहरुले माओवादी त्याग्नु परेको प्रष्टीकरण दिएका छन्।

नेपाल भ्यूज

चितवन पुगेर बादलले भने, ‘प्रचण्डसँग चुनाव लड्न तयार छु’
फाइल तस्वीर

काठमाडौं। नेकपा एमालेका नेता रामबहादुर थापा बादलले आफूले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग चुनाव लड्का लागि तयार रहेको बातएका छन्। गृहजिल्ला चितवनबाट बादलले यस्तो बताएका हुन्।

शुक्रबार चितवन पुगेका बादलले पत्रकारहरुसँग कुरा गर्दै आफू प्रचण्डसँग चुनाव लड्नका लागि तयार भएको बातएका हुन्। प्रचण्ड र बादल दुवैको गृहजिल्ला चितवन भएका कारण प्रचण्डको विपक्षमा एमालेबाट बादलले चुनाव लड्ने चर्चा भइरहेको समयमा उनको बयान आएको हो।

अब चितवनमा प्रचण्ड भर्सेस बादल हुने हो भन्ने पत्रकारको प्रश्नमा बादलले अहिल्यै पार्टीमा निर्णय भइनसकेको तर हुनसक्ने बताए। उनले भने, ‘‘यो विषयमा अहिले हाम्रो पार्टीले निर्णय गरेको छैन। आगामी दिनमा चुनाव घोषणा भइसकेपछि पार्टीले निर्णय गर्नेछ।”

बादलले प्रचण्डले गुट बनाएर दक्षिणपन्थी र लोकतन्त्रविरोधी पक्षमा लागेका कारण आफूहरुले माओवादी त्याग्नुपरेको प्रष्टीकरण दिएका छन्। उनले प्रचण्डले पार्टीको लाइन छाडेर हिँडेकाले संघर्ष गर्नुपरेको बताए। बादलले भने, ‘‘पार्टीले निर्णय गरेको स्थितिमा प्रचण्ड भर्सेस बादल पनि हुन सक्छ।”

माओवादी पार्टीभित्र सबै व्यक्ति प्रचण्डको पछाडिमात्रै नलागेको पनि बादलले बताए। उनले अहिले माओवादीभित्र तीव्र अन्तरविरोध रहेको र त्यसको स्वीकारोक्ति प्रचण्डकै विभिन्न अभिव्यक्तिले दिएको बताए।

तपाईंलाई नेपाल भ्यूज कस्तो लागिरहेको छ ? तपाईंले हामीलाई फेसबुक, युट्युब, ट्विटर, टिकटक मार्फत् सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved