अफताब आलमको मुद्दा ‘हेर्न नमिल्ने’मा

नेपालभ्युज

अफताब आलमको मुद्दा ‘हेर्न नमिल्ने’मा

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमले दायर गरेको रिटमाथि सुनुवाइका लागि आज (शुक्रबार) पेसी तोकिए पनि इजलासले ‘हेर्न नमिल्ने’ मा राखेको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार चुडालको इजलासले रिट निवेदन ‘हेर्न नमिल्ने’ मा राखेको हो। नेपाली कांग्रेसका रौतहटका नेता आलमलाई थुनामै राखेर सुनुवाइ प्रक्रिया बढाउने गरी जिल्ला अदालतले गरेको फैसलालाई चुनौती दिँदै आलमले सर्वोच्चमा रिट दायर गरेका थिए।

रौटहट क्षेत्र नं २ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद आलम २७ चैत २०६४ मा रौतहटको राजपुर खरदवामा भएको बम विस्फोटको घटनामा संलग्न भएको आरोपमा समातिएका थिए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved