काठमाडौंँ। काठमाडौंको नयाँ बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा आएको छ। बडादशैँ, शुभ दीपावली तथा छठ पर्वलाई लक्षित गरेर ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा ल्याइएको हो।
महानगरीय ट्राफिक प्रहरी महाशाखा र ल्होत्से बहुउद्देश्यीय प्रालिले संयुक्तरूपमा यात्रु सहायता कक्ष’ सञ्चालनमा ल्याएको हो।
बिहीबारबाट शुरु ‘यात्रु सहायता कक्ष’को ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष इन्जिनियर दीपक कुँवरले शुभारम्भ गरेका छन्। चोरी, ठगी, लुटपाट नियन्त्रण र यात्रुलाई सहज रूपमा गन्तव्य स्थलसम्म जाने वातावरण निर्माणमा ‘यात्रु सहायता कक्ष’बाट सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
हाल काठमाडौंको नयाँ बसपार्कबाट देशभरका ६५ भन्दा बढी जिल्लामा सार्वजनिक सवारी साधन आवतजावत गर्दै आएका छन्।
यसपालिको दशैंमा काठमाडौं उपत्यकाबाट बाहिरिनेहरूका लागि असोज ११ गतेदेखि टिकट बुकिङ खुल्ने भएको छ।
Facebook Comment
Comment