जलालाबाद आक्रमणमा दुई तालिबानीसहित एक सर्वसाधारणको मृत्यु

जलालाबाद आक्रमणमा दुई तालिबानीसहित एक सर्वसाधारणको मृत्यु

रासस : पूर्वीअफगानिस्तानको एउटा प्रहरी चौकीमा बन्दुकधारीहरूले बुधबार गरेको आक्रमणमा परी कम्तीमा दुई तालिबान लडाकू र एक सर्वसाधारणको मृत्यु भएको छ।

सुरक्षा स्रोत र प्रत्यक्षदर्शीले बताएअनुसार वर्षौंदेखि इस्लामिक स्टेट (आइएस) समूहले अफगानिस्तान मुख्य आधार क्षेत्र बनाउँदै आएको नान्गरहार प्रान्तको जलालाबाद शहरमा तालिबानलाई निशाना बनाएको यो पछिल्लो आक्रमण हो।

रिक्सामा आएका अज्ञात बन्दुकधारीहरूले जलालाबादको घावचक जिल्लाको एक चेकपोस्टमा आक्रमण गरी दुई तालिबान गार्ड र एक सर्वसाधारणको हत्या गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

तालिबानका एक अधिकारीले यो आक्रमणबारे पनि पुष्टि गरेका छन्। तर उनले मृतक सबै सर्वसाधारण रहेको दाबी गरेका छन्।

जिहादी समूहको स्थानीय शाखा इस्लामिक स्टेट्स खोरसानले यसै हप्ता भएको कैयौं आक्रमणको जिम्मा लिएको छ। यस आक्रमणहरूमा परी कम्तीमा दुई व्यक्तिको मृत्यु भएको पनि जनाइएको छ।

३० अगस्टमा अफगानिस्तानबाट अमेरिकी सेना फिर्तापछि यो पहिलो घातक विस्फोट घटना भएको बताइएको छ। आईएस र तालिबान दुवै कट्टर सुन्नी इस्लामवादी उग्रवादी समूह हुन्।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved