क्यानको निमित्त महानिर्देशकमा राजकुमार क्षत्री

नेपालभ्युज

क्यानको निमित्त महानिर्देशकमा राजकुमार क्षत्री

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को निमित्त महानिर्देशकका राजकुमार क्षत्री नियुक्त भएका छन्।

क्यानका महानिर्देशक राजन पोखरेलले उमेरहदका कारण पदबाट राजीनामा दिएपछि क्यानकै १२औँ तहका उपमहानिर्देशक क्षत्री निमित्त महानिर्देशक बनेका हुन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्ठताका आधारमा क्षत्रीलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएको बताइएको छ।

निमित्त महानिर्देशक क्षत्रीले क्यानलाई प्रभावकारी रूपमा अघि बढाएर संस्थाको गरिमालाई अझ फराकिलो बनाउन दत्तचित्त भएर लाग्ने बताए। उनले मुलुकको उड्डयन क्षेत्रलाई थप सुरक्षित, भरपर्दो र विश्वसनीय तुल्याउन नीतिगत सुधारदेखि संस्थागत संरचनालाई सुदृढ पार्ने गरी काम गर्ने बताए।

अनिवार्य अवकाश पाउने तयारीमा रहेका पोखरेलले मंगलबार साँझ पदबाट राजीनामा दिएका थिए। क्षत्रीसँग हवाई उड्डयन क्षेत्रमा ३४ वर्ष सेवा गरेको अनुभव छ। उनले क्यानको प्रवक्ता तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धक पदमा रहेर काम गरिसकेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved