दुई एजेण्डासहित कांग्रेस पदाधिकारी बैठक

देउवाले दिउँसो ३ बजेका लागि निजी निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक बोलाएका हुन्।

नेपालभ्युज

दुई एजेण्डासहित कांग्रेस पदाधिकारी बैठक
फाइल फाेटाे

काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ। दुई एजेण्डामा छलफलका लागि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेर बहादुर देउवाले बैठक बोलाएका हुन्।

देउवाले दिउँसो ३ बजेका लागि निजी निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक बोलाएका हुन्। आजको बैठकमा सरकार र पार्टीको विषयमा गम्भीर छलफल हुने बताइएको छ।

देउवाले सरकारलाई गतिशीलता दिनका लागि आजको बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफ गर्ने तयारी गरेका छन्। पदाधिकारी बैठकबाटै सरकारमा पार्टीको तर्फबाट जाने व्यक्ति टुङ्ग्याउने उनको तयारी छ।

यस्तै, देउवाले आजको बैठकबाट १४ औँ महाधिवेशनका क्रममा पार्टीभित्र देखिएका विभिन्न विवादलाई पनि छलफलमार्फत समाधानको प्रयास गर्ने तयारी गरेका छन्। पदाधिकारी बैठकमा महाधिवेशनका विषयमा पनि गम्भीर छलफल हुने बुझिएको छ।

पदाधिकारी बैठकअघि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकट नेताहरुको बैठक राखेका छन्। पौडेल निवास बोहराटारमा बिहान ९ बजे बैठक बस्दैछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved