काठमाडौं । सर्वोच्च अदालतले निर्वाचन आयोगसँग नेकपा (एकीकृत समाजवादी) दल दर्ता गर्दाको सक्कल फाइल झिकाउन माग गरेको छ।
मंगलबार न्यायाधीश दीपककुमार कार्की र डा कुमार चुडालको इजलासले अन्तरिम आदेश छलफलका लागि सक्कल फाइल झिकाउन आदेश दिएको हो।
नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट केपी शर्मा ओलीले निर्वाचन आयोग, सभामुख अग्निप्रसाद सापकोटा र लुम्बिनी प्रदेशका १४ सांसदविरुद्ध १७ भदौमा मुद्दा दायर गरेका थिए।
दल त्यागसम्बन्धी रिटमा निर्वाचन आयोगबाट ९ भदौमा भएको निर्णयसम्बन्धी सक्कल फाइल निर्वाचन आयोगबाट झिकाउने, प्रतिनिधि सभाका सभामुखद्वारा १३ भदौमा भएको सक्कल फायल संघीय संसद् सचिवालयबाट झिकाउने र लुम्बिनी प्रदेश, प्रदेश सभाका सभामुखबाट भएको निर्णय र लुम्बिनी प्रदेश, प्रदेश सभा
सचिवालयबाट ४ भदौमा भएको पत्राचार सम्बन्धी सक्कल फाइल लुम्बिनी प्रदेश प्रदेशसभा सचिवालयबाट झिकाउन आदेश दिएको हो।
Facebook Comment
Comment