एएफसी महिला एसियन कप छनोट

हङकङविरुद्ध खेल्दै नेपाल

नेपाली समयअनुसार दिउँसो पौने चार बजे नेपालले हङकङको सामना गर्नेछ। यी दुई बीचको खेल उज्वेकिस्तानको जेएआर स्टेडियममा हुँदैछ।

नेपालभ्युज

हङकङविरुद्ध खेल्दै नेपाल
फाइल तस्वीर

काठमाडौं। नोपाली राष्ट्रिय महिला फुटबल टिमले आज हङकङसँग खेल्दैछ। एएफसी महिला एसियन कप-२०२२ छनोटअन्तर्गतको दोस्रो खेलमा नेपालले आज मंगलबार हङकङको सामना गर्न लागेको हो।

नेपाली समयअनुसार दिउँसो पौने चार बजे नेपालले हङकङको सामना गर्नेछ। यी दुई बीचको खेल उज्वेकिस्तानको जेएआर स्टेडियममा हुँदैछ।

छनोटको समूह एफमा रहेको नेपाललाई आजको खेल जित्नैपर्ने दबाब रहेको छ। यसअघि यसै समूहमा फिलिपिन्सविरुद्धको खेल गुमाएको नेपाललाई छनोटको सम्भावना जीवित राख्न जित्नैपर्ने दबाब छ।

समूह एफमा नेपाल, हङकङ र फिलिपिन्स रहेका छन्। नेपालले फिलिपिन्ससँगको पहिलो खेल २-१ गोलअन्तरले गुमाएको थियो। नेपालले आजको खेल जितेर पनि एसियन कप खेल्नका लागि भने हङकङ र फिलिपिन्सबीचको नतिजामा भर पर्नुपर्ने हुन्छ।

एसिया कप अर्को वर्ष जनवरी २० देखि फेब्रुअरी ६ सम्म भारतमा हुँदैछ। यस समूहको शीर्ष टोलीले प्रतियोगिता खेल्न पाउनेछ।

यसअघिको दुई भेटमा नेपाल हङकङसँ पराजित भएको थियो। सन् १९८६ मा भएको पहिलो भेटमा नेपाल १-० र सन् १९८९ मा ३-० ले हङकङसँग पराजित भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved